PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल



पहिलोपोस्ट

संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल

काठमाडौं :  नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्ने  बताएका छन्।

‘संघीयता अहिले उपहास भएको छ। के संघीयता छ?, अहिले संघीयता अभ्यास भइराखेको छ? बनावटी संघीयता अभ्यास भइरहेको छ?’ गजुरेलले प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै भने, ‘बनावटी संघीयता अभ्यास भइरहेको छ। वास्तविक संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुपर्‍यो।‘

उनले वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा हुनेमा अपेक्षा गरिएकोसमेत बताए। ‘शान्ति प्रक्रियाका बाँकी कामहरु जो लम्बिदै गएका छन्। यसलाई टुंग्याउनुपर्‍यो। उहाँ (प्रधानमन्त्री देउवा)को यो कार्यकालमा नेपाली जनताले यी कुराहरु अपेक्षा गरेका छन्। र सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेका छन्। भ्रष्टाचारका धेरै कुराहरु उठे। कुशासनका धेरै अभ्यासहरु भए त्यसलाई फेरी ट्रयाकमा ल्याउनको लागि उहाँलाई सफल हुनुहोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell