A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699534d1e6d158.82389564): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699534d1e6d158.82389564,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699534d1e70b32.39367889): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699534d1e70b32.39367889,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध



पहिलोपोस्ट

चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

काठमाडौं : सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चितवनको राप्ती नगरपालिका ३ की सुजिता असार २० गते मृत अवस्थामा फेला परेकी थिइन्। 

झापा जिल्ला झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओम अधिकारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सुजिता भण्डारी रहस्मय मृत्यु बारे जानकारी गराएको हो। पक्राउ परेका भण्डारी नाताले सुजिताको ठूलो बुवाका छोरा पर्छन्। उनीहरु बिच प्रेम सम्बन्ध रहेको र त्यसैले सुजिताको मृत्यु भएको देखिएको छ। साथै, उनको हत्या नभएर आत्महत्या रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

पक्राउ परेका युवकविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको एसपी अधिकारीले जानकारी दिए।

दुई जना बिच प्रेम सम्बन्ध रहेकाले उनीहरु छुट्टै काठमाडौंमा बस्ने भन्दै हिँडेको पनि अनुसन्धानमा खुलेको छ। दिदीको घर जान भन्दै उनी काठमाडौं आएकी थिइन्। त्यसपछि सुकदेवले काठमाडौंमा सँगै बस्न कोठा समेत खोजेको एसपी थापाले जानकारी दिए। असार ९ गते सुजिताले सुकदेवलाई बिहेको प्रस्ताव राखेकी थिइन्। तर, सुकदेवले अस्वीकार गरेपछि उनले मर्ने धम्की दिएको प्रहरीको अनुसन्धानमा खुलेको हो। सुकदेवले प्रत्युत्तरमा 'जे गर्छेस् गर' भनेको प्रहरीमा बयान दिएका छन्।

असार ११ गते बिहान ६ बजेतिर भन्दै घरबाट निस्किएकी थिइन्। तर, अबेरसम्म पनि उनी घर फर्किनन्। त्यही दिन मध्यान्हतिर उनकी दिदीलाई सुजिताले फोनमार्फत् आफू अपहरणमा परेको सुनाएकी थिइन्। तर, उनले परिवारबाट पैसा पाउनका लागि अपहरण भन्दै झुक्याउन खोजेको अनुसन्धानमा खुलेको छ।

'उनीहरु बिच प्रेम सम्बन्ध थियो। त्यस बिचमा बिबाहको कुरालाई लिएर उनीहरु बिच विवाद पनि भएको देखिन्छ। त्यही कारणले आत्महत्या गरेको देखिएको छ,' जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले भने। 

सुजिताले अपहरण गरेको भन्दै बताएको ठाउँ र मोबाइलबाट फोन गर्दा देखिएको लोकेसनलाई प्रहरीले ट्र्याक गरेको थियो। तर, फोनमा बताइएको लोकेसन र मोबाइलको लोकेसन बिच फरक देखियो।

त्यसको ९ दिनपछि सुजिता मृतावस्थामा फेला परेकी थिइन्। स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा उनको शव फेला परेको हो। शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको थियो। सुजिताले बिष सेवन गरेको हुनसक्ने आशंकामा प्रहरीले भिसेरा परीक्षण समेत गरेको छ। तर, परीक्षणको रिजल्ट भने आइसकेको छैन। सुजिताकी आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालय चितवन सकुदेवबिरुद्ध आत्महत्या दुरुत्साहको किटानी जाहेरी दिएपछि प्रहरीले युवकलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell