PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली



पहिलोपोस्ट

सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली

काठमाडौं : चितवनमा मृत भेटिएका नेपाली सेनाका सिपाहीको हत्या भएको खुलेको छ। धादिङ नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरत गुरुङको शव भेटिएको थियो। गुरुङको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले २६ वर्षीय गंगाधर ढकाललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ढकाल महिन्द्र दल गण शिवपुरीमा कार्यरत नेपाली सेनाका सिपाइ हुन्। मृत गुरुङ पनि त्यही गणमा कार्यरत थिए।

बिहीवार बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेतनगरमा गुरुङको शव फेला परेको थियो। टाउकामा गोली लागेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। उनीमाथि ढकालले गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको हो।

साउन २ गते गंगाधर ढकाल भरत गुरुङको नाममा रहेको बैकको चेक बोकेर काठमाडौंबाट चितवन आएका थिए। भोलिपल्ट उनले चेकमा आफैं हस्ताक्षर गरेर ९ लाख रुपैयाँ निकालेका थिए। त्यसमध्ये ८ लाख घर परिवारमा पठाएर १ लाख आफैँसँग राखेको अनुसन्धानमा देखिएको छ।

साउन ५ गते भरतले जग्गा पास गर्न चितवन आउनुपर्ने भएकाले गंगाधरलाई फोन गरेर काठमाडौं लिन बोलाएका थिए। त्यसपछि गंगाधरले मोटरसाइकल लिएर भरतलाई काठमाडौंबाट चितवन ल्याएका थिए। त्यस दिन उनीहरु होटेलमा बसेको देखिएको छ।

साउन ६ गते भरतले साथै बोकेको झोला भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगर टाउनमा रहेको माहिलो बुबाको छोरा रबिन गुरूङको घरमा छाडेर उनीहरु हिँडेको देखिएको छ। 

भरत गुरूङ र गंगाधर ढकाल मोटरसाइकलमा बजारतिर निस्किएका थिए। सोही राति दुवैले खाजा घरमा रक्सी सेवन गरेका थिए। गंगाधरले भरतलाई अत्याधिक रक्सी खुवाएको प्रहरीको दावी छ। 

साउन ७ गते बिहान ५ बजेतिर मोटरसाइकलमा दुवै निस्किएका थिए। पिसाब फेर्ने बहाना गंगाधर मोटरसाइकलबाट उत्रिए। भरत भने मोटरसाइकलको पछाडि नै बसिरहेका थिए। गंगाधरले झोलामा रहेको हतियार निकाली गोली लोड गरेर भरतको दायाँ कानमा ताकेर फायर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

त्यसपछि मोटरसाइकल र लुगाको रगत पुछेर हतियार समेत झाँडीमा फालेर गंगाधर फरार भएका थिए। गंगाधर हिजो नै चितवनमा पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell