PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्।

टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले पनि प्रतिस्पर्धा गर्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell