काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली विपक्षी गठबन्धलाई घेरा हाल्नेहरु पछारिएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
घेरा हाल्नेहरु पछारिए पनि परास्त भइनसकेको प्रचण्डको टिप्पणी रह्यो। 'अब पार्टीलाई बलियो बनाउन लाग्नु पर्छ। घेरा हाल्नेहरु अहिले पछारिएको अवस्था छ। पुरै परास्त भयो भन्न हुदैन,' उनले भने, 'गठबन्धन टुटाउने धेरै कसरत भयो। केही साथीहरु गल्दिनुभयो।'
गठबन्धनमा राम्रो भूमिका खेलेका भीम रावलले प्रधानमन्त्रीलाई विश्वासको मत हाल्ने समयमै संसद् पदबाट राजीनामा दिएका थिए। उक्त विषयलाई प्रतिक्रियावादीको षड्यन्त्र भएको तर्क गरेका छन्। 'गठबन्धनमा राम्रो भूमिका खेलेका साथीहरु (भीम रावल) राजिनामाबारे थाहा छ। उहाँ पनि ढल्दिनु भयो। प्रतिक्रियावादीले फेरि पनि भत्काउने षडयन्त्र छ,' प्रचण्डले भने।
त्यस्ता शक्तिहरु अझै पनि कमजोरी खोजेर गठबन्धन भत्काउने प्रयासमा लागेको उनको भनाई थियो। 'भर्खरै प्रमलाई पनि भेटे। कतै नेताहरू भित्र कहानेर छ। प्वालको खोजी भइरहेको छ टर्च बालेर। एमसीसी अगाडि सारे भत्किएला कि भनेर प्रयास भइरहेको छ। शान्ति प्रक्रियाका काम छन्। कहिले त्यसलाई अगाडि सारिएको छ। हामीले उचालेको झण्डा एकताको हो,' प्रचण्डले भने।
