PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भक्तपुरमा भेटियो कंलाल,नजिकै मानिसको लुगा र चप्पल



पहिलोपोस्ट

भक्तपुरमा भेटियो  कंलाल,नजिकै मानिसको लुगा र चप्पल

काठमाडौंः भक्तपुरमा प्रहरीले शुक्रवार मानिसको जस्तो देखिने कंकाल फेला पारेको छ।

सूर्य विनायक नगरपालिका वडा नम्बर ७ गुण्डु स्थित सूर्य विनायक जङ्गलमा रहेको काफलको रुख मुनी मानिसको शरीर जस्तो देखिने कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरिले जानकारी दिए।

त्यस्तै प्रहरीले घटनास्थलबाट काफलको रुखको कापोमा पहेँलो नाम्लो सहित हरियो नाइलनको डोरी झुन्डी रहेको अवस्थामा फेला परेको थियो। सोही रुखको तलतिर  भुईँमा मानवको जस्तो देखिने २ वटा लामो लामो हड्डीहरू समेत भेटिएको डिएसपी गिरीले जानकारी दिए।  रातो रङ्गको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरू यत्रतत्र छरिएर अवस्थामा भेटिएकाले घटनास्थल मुचुल्का गरी कंकाल/हड्डीहरूलाई परीक्षणको लागी काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell