PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मन्त्रिपरिषद् विस्तारबारे देउवा परामर्शमाः सत्ता गठबन्धनसँग छलफल, माधव नेपाल पनि सहभागी



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तारबारे देउवा परामर्शमाः सत्ता गठबन्धनसँग छलफल, माधव नेपाल पनि सहभागी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालबारे परामर्श भएको हो। 

प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द्रका दुई मन्त्री छन्। अन्य दलबाट मन्त्री नियुक्त गरिएको छैन। सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell