PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक जना पक्राउ



रासस

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक जना पक्राउ

बनियानी : स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० रुपैयाँसहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनलाई शनिवार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीका लागि आइतवार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell