इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पाउल पोग्वालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकले आफूहरुलाई उनको आवश्यकता नरहेको सन्देश पठाएका छन्। लिग वान जायन्ट पीएसजीसँग पोग्वाको अनुबन्धनको चर्चा चलिरहँदा पीएसजी समर्थकहरु असन्तुस्ट बनेका हुन्। उनीहरुले अनुबन्धनको प्रकृयामा अघि बढेको भन्दै शनिवार पीएसजीको स्टेडियम पार्क डेस प्रिन्सेस बाहिर प्रदर्शन नै गरेका थिए।
'पोग्वाले उनको आमालाई सुन्नु पर्छ। उनी चाहन्नन कि पोग्वा पीएसजी आउन्,' समर्थकहरुले तर्क गरेका छन्।
२८ वर्षे मिडफिल्डर भित्र्याउन विरोध हुनुको पछाडिको कारण हो- २०१८ मा प्रकाशित पोग्बाको एक अन्तर्वार्ता। त्यस अन्तर्वार्तामा उनले भनेका थिए- पीएसजीका लागि उनी कहिल्यै खेल्ने छैनन्।
'म विश्वस्त छु, म कहिल्यै पीएसजीबाट खेल्ने छैन,' उनले भनेका थिए, 'मेरा आमाबुवा मार्सेलीको समर्थक हुनुहुन्थ्यो। त्यसैले म पीएसजीसँग आकर्षित छैन। र, मेरो योजनामा पीएसजी फिट हुँदैन।'
पीएसजी र मार्सेली फ्रान्सका पुराना 'राइभल' हुन्। अघिल्लो सिजनमात्र खेलमैदानमै मार्सेली र पीएसजीका खेलाडीबीच झगडा परेको थियो। जहाँ नेइमार लगायतका पाँच खेलाडीले रेड कार्ड ब्यहोरेको थिए। फ्रेन्च क्लब पीएसजी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित हुँदा मार्सेली समर्थकहरुले फ्रान्समा खुशीयाली नै मनाएका थिए।
बेलायती अखबर द मिररका अनुसार पोग्बाले बिहीवार युनाइटेडसँग करार बढाउन अस्वीकार गरेका थिए। उनको करार सकिन एक वर्ष बाँकी रहँदा युनाइटेडले पोग्वालाई पीएजीसँग बेच्न खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
पीएसजीले अर्को सिजन च्याम्पिनयन लिगको उचाल्ने लक्ष्यसहित यो सिजनमा जर्जिनियो विनाल्डम, एचरफ हकिमी, जिआनलुइगी डोनारुम्मा, सर्जियो रामोस लगायतका हाइ प्रोफाइल खेलाडीलाई अनुबन्धित गरिसकेको छ।
यद्यपि धेरैजसो समर्थक चाहँदैनन् पोग्बा पीएसजी आउन्। यद्यपि उनी अहिलेको विश्वको उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन्।
