PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा, कारण वरिष्ठ उपाध्यक्षको हस्तक्षेप



पहिलोपोस्ट

फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा, कारण वरिष्ठ उपाध्यक्षको हस्तक्षेप

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। आज उनले सामाजिक सञ्जालमार्फत राजीनामाका लागि एन्फा जान लागेको उल्लेख गरेका छन्।

उनले आफ्नो राजीनामाको पछाडी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाएका छन्।

'प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,' नेम्बाङलाई मेन्सन गर्दै उनले लेखेका छन्,'मलाई लाग्छ अब तपाइ खुशी हुनुभयो होला।'

अलमुताइरीले स्टाटसमा नेम्बाङले पछिल्लो तीन हप्तायता आएर आफूसँग नाटक गरिरहेको दाबी गरिरहेका छन्।

वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

एन्फाले औपचारिक रुपमा चैत २२ गते उनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यसपछि उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कप क्वालिफायर्सको खेल खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell