PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राज कुन्द्राको अफिसमा मुम्बई अपराध शाखाले भेटायो गोप्य 'लकर'



पहिलोपोस्ट

राज कुन्द्राको अफिसमा मुम्बई अपराध शाखाले भेटायो गोप्य 'लकर'

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प्रहरी हिरासतमा छन्। अश्लील फिल्म (पोर्न मुभी) बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा गत सोमवार राति मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अनुसन्धानकै क्रममा मुम्बई अपराध शाखाले राज कुन्द्राको कार्यालयबाट एक गोप्य लकर फेला पारेको छ। समाचार एजेन्सी एएनआई समाचारका अनुसार मुम्बई अपराध शाखाले राज कुन्द्राको अफिसको भियान र जेएल स्ट्रिममा एउटा गोप्य लकर भेटाएको छ।

प्रहरीले राज कुन्द्राको अफिसमा छापा मारेर प्रमाणहरु जम्मा गर्ने कोशिस गरिरहेको छ। यसैक्रममा प्रहरीले शनिबार लुकाएर राखिएको 'लकर' फेला पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त लकरबाट प्रहरीले विभिन्न कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ।

अदालतले राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राख्न आदेश दिएको छ।

पछिल्लो समय प्रहरीले यो केससँग सम्बन्धित धेरै व्यक्तीहरुसँग सोधपुछ गरिरहेको छ। यसअघि नै अपराध शाखाले शिल्पा सेट्टीसँग यो केसबारे सोधपुछ गरेको थियो।

यसैबिच अपराध शाखाले वेब सिरिज 'गंदी बात' मा काम गरिसकेकी अभिनेत्री गहना वशिष्ठसहित ३ जनालाई पत्र पठाएको छ। अपराध शाखाले सम्पुर्णलाई राज कुन्द्राको केससँग सम्बन्धित विषयमा आज सोधपुछ गर्ने बताइएको छ।

अश्लील भिडियोमा संलग्न भएको आरोपमा प्रहरीले गहनालाई ५ फेब्रुअरीमा प्रकाउ गरेको थियो। पाँच महिना जेलमा बसेपछि उनलाई जमानतमा रिहा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell