PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

माग संबोधन गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी



पहिलोपोस्ट

माग संबोधन गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी

काठमाडौंः आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सवारी साधनको साँचो बुझाएका छन्।

कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन।

आईतबार मध्यान्ह काठमाडौंको माईतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्‍याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन।

कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए।

उनले आफूहरुको माग अब पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। सिडिओ पराजुलीले साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिवद्धता व्यकत गरे। उनले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरे।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नविकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बूँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन।

यातायात क्षेत्रसँग सम्बन्धित सबै निकायमा माग सम्बोधन गर्न दिइएको दवाव पूरा नभएपछि प्रधानमन्त्रीलाई सार्वजनिक यातायातको साँचो नै बुझाउन बाध्य हुनु परेको महासंघले जनाएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell