PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, बनाइए राज्यमन्त्री



पहिलोपोस्ट

व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, बनाइए राज्यमन्त्री

काठमाडौं : व्यवसायी तथा सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग राखेर राज्यमन्त्री सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

स्वास्थ्य मन्त्री बन्न देउवाले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आग्रह गरेका थिए। त्यसलाई कोइरालाले अस्वीकार गरेका थिए। साथै कांग्रेसका नेता तथा कार्यकर्ताले पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका गगन थापालाई जिम्मेवारी दिन आग्रह गरेका थिए। 

देउवाले नियुक्त गरेका राज्यमन्त्री श्रेष्ठको बैंकिङ, जलविद्युत तथा शैक्षिक क्षेत्रमा लगानी छ। शिक्षा मन्त्रालयमा दावेदारी पेश गर्दै आएका श्रेष्ठलाई कांग्रेसले लगातार दुई पटक सामानुपातिक कोटामा संसाद बनाएको हो। उनी ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका संस्थापकसमेत हुन्। उनको सगरमाथा विश्वविद्याल सञ्चालन गर्ने महत्वकांक्षी योजनासमेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell