PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी

काठमाडौः काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरिएको छ।

आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्। ' संक्रमणलाई हेरेर थप १० दिन निषेधाज्ञा गरिने निर्णय भएको छ। अन्य कुराहरु भने परिवर्तन गरिएको छैन,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले भने।

निषेधाज्ञा गरिएका अन्य क्षेत्र भने यसपटक पनि खुल्ला गरिएको छैन। सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ।

काठमाडौं उपत्यकाभित्र पछिल्लो समय दैनिक ३ सयसम्म झरेको कोरोना संक्रमितिको सङ्ख्या अहिले बढेर ७ सय नाघेको छ। सार्वजनिक सवारी, पसल लगायतका क्षेत्र खुल्ला गर्दा पुनः कोरोना संक्रमण बढेको सम्बन्धित निकायका विज्ञहरूले सिडिओलाई जानकारी दिएका छन्।

काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell