PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो।

१० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै सोही समयमा २ हजार ५९ जना संक्रमण मुक्त भएका छन्। १८ जना संक्रमितको २४ घण्टामा मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell