PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अपराध अनुसन्धानमा प्रहरीको सफलता : अपराधीहरुको मनोवल गिर्दै भएको प्रहरीको दावी



निशा गुरुङ

अपराध अनुसन्धानमा प्रहरीको सफलता : अपराधीहरुको मनोवल गिर्दै भएको प्रहरीको दावी

हेटौँडा : आर्थिक वर्ष २०७७/०७८ मा वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न आपराधिक घटनाहरुको अनुसन्धानहरुमा सफलता हात पारेको छ। घटनाका अपराधीहरुलाई कानुनको दायरामा ल्याउन वाग्मती प्रदेश प्रहरी कार्यालयले सफलता हासिल गरेको हो।

प्रहरीको सफलताले आपराधिक घटनामा संलग्न रहेका र मनोवृति भएकाहरुको मनोवल गिराएको प्रहरीको दावी छ।

चितवन

चितवनमा २०७७ असार १८ गते १८ वर्षकी किशोरीलाई पबित्रा थापालगायतले आर्थिक प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसार गरेको अनुसन्धान पत्ता लगाउन प्रहरी सफल भएको छ। त्यस्तै, २०७७ असार १८ गते २९ वर्षीय सञ्जय खनाललाई शिवलाल कुमालले कर्तव्य गरी ज्यान मारेको अभियोग अनुसन्धानबाट पुष्टि भएको छ।

२०७७ साउन १७ गते ६० वर्षकी महिलालाई सिंह बहादुर बिकले जबरजस्ती करणी गरेको पत्ता लागेको छ। २०७७ मै १३ वर्षकी बालिकालाई रामहरी गैरेले जबरजस्ती करणी गरेको अनुसन्धानमा पत्ता लागेको छ। पीडकहरु अहिले जेलमा छन्।

मकवानपुर

मकवानपुरमा २०७७ मा बालिकालाई जबरजस्ती करणी गरी ढुंगाले टाउमा प्रहार गरी हत्या गरेको घटनामा अनुसन्धान गरी पीडकलाई बलात्कार र कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरी सफल भएको छ।

त्यस्तै, २०७७ मंसिर ३ गते प्रतिवादी २१ वर्षीय शंकर भन्ने भिमराज भोलनले धारीलो हतियार खुकुरीले सोही स्थान बस्ने वर्ष २४ का विकाश वाईबालाई पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको छ। पीडक भोलन अहिले भीमफेदी कारागारमा छन्।

यसैबीच, २०७७ भदौ ३१ गते ४१ वर्षीय मनोज भन्ने भोज बहादुर भण्डारीलाई सहदेव मगर, गुनराज तामाङ र प्रदीप गोले भन्ने जफत बहादुर गोले लगायतले सामाजिक सञ्जाल भ्रष्टचारी भन्दै कमेन्ट गरी आत्महत्या गर्ने वातावरण सिर्जना गराएको अनुसन्धानले पत्ता लगाएको छ। उनीहरुलाई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो।

यसैगरी, २०७७ असोज १२ गते ५२ वर्षीय हस्तनारायण श्रेष्ठलाई आफ्नै श्रीमती ४५ वर्षकी दुर्गामाया श्रेष्ठले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानले पत्ता लगाएको छ। दुर्गामायालाई कानुनी कारबाही अगाडि बढाइएको छ। २०७७ कात्तिक १३ गते प्रतिवादी गोबिन्द भन्ने हीराबहादुर दाहालविरुद्ध एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको छ।

काभ्रे

काभ्रेमा २०७७ असार २७ गते नाबालिका छोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। पीडकलाई कानुनी कारबाही गर्दै जेल पठाएको छ।

काभ्रेमै २०७७ भदौ २४ गते रामकुमार दनुवारलाई सबिता तामाङ समेतले अपहरण तथा शरीर बन्धक गरी रकम माग गरेको प्रहरीको अनुसन्धानबाट खुलेपछि उनीहरुविरुद्ध शरीर बन्धकको मुद्दा चलाइएको छ।

२०७७ भदौ १८ गते ३७ वर्षकी रञ्जना तिमल्सिना अधिकारीलाई प्रतिवादी सुर्दशन अधिकारीले घाँटीमा धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको ठहर गरी  अभियक्तलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको छ।

२०७७ साउन १२ गते पेम्बाज शेर्पालाई श्रीखण्ड तामाङ समेतले ठगी गरेको पत्ता लगाई प्रहरीले कानुनी कारबाही गरेको छ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा २०७७ साउन २ गते ७७ वर्षका भरत सिं तामाङले आफ्नी श्रीमती ८० वर्षकी बुद्धि माया तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको छ। भरत सिंहलाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही अगाडी बढाएको छ।

२०७६ पुस २९ गते २९ वर्षीया युवतीलाई प्रतिवादी बहादुर थापाले जबरजस्ती करणी प्रहरीको अनुसन्धानबाट खुलेपछि थापालाई कानुनी कारबाही गरिएको छ।

नुवाकोट

नुवाकोटमा २०७७ असार ३१ गते सलेश श्रेष्ठ समेतले सन्तोस राई तथा अनिष राइलाई धारीलो हतियार खुडा प्रहार गरी घाइते बनाएकाले प्रहरीले उनीहरुविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाएको छ।

२०७७ मंसिर ११ गते १५ वर्षीय किशोरले १३ वर्षीया किशोरीलाई सम्बेदनशिल अंगमा समाई करणी सम्बन्धी उद्योग गरेको आरोपमा किशोरविरुद्ध मुद्दा चलाएको छ।

धादिङ

धादिङमा २०७७ साउन २ गते ७३ वर्षीय तिलक बहादुर नेवारले ४ वर्षकी बालिकालाई  जबरजस्ती करणी गरेको अनुसन्धानले पत्ता लगाएपछि अभियुक्तलाई कानुनी कारबाही गरिएको छ।

यसैगरी, सरस्वती कुमाललाई जीवन भन्ने भीम बहादुर बुढाथोकीले चलाएको जेसीबीले ठक्कर दिई घाईते बनाई माटोले पुरी कर्तव्य गरी मारेको अनुसन्धानले पत्ता लगाएको छ। चालकलाई प्रहरीले अनुसन्धान गरी कानुनी दायरामा ल्याएको छ।

यसैगरी, २०७७ पुस २४ गते ७५ वर्षकी सान्ननी सार्कीलाई प्रतिवादीहरु धन बहादुर कालीराज, पुष्पराज, पुष्पा कुमारी पौडेल समेतले हत्या गरी उनले लगाएको सुनका गहना लुटेको अनुसन्धाले पत्ता लगाइएको छ।

यसैगरी, २०७८ जेठ २० गते अर्जुन श्रेष्ठलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। उनीहरुले शवलाई दारियाल खोलाको किनारमा गाडेर बेपत्ता बनाएका थिए। पक्राउ परेका प्रतिबादीविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell