PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ



पहिलोपोस्ट

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्। 

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्। 

राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell