PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बैंकिङ कसुरमा अदालतले चार दिन कैद र १० लाख जरिवाना ठहर गरेपछि फरार निता भण्डारी पक्राउ



रासस

बैंकिङ कसुरमा अदालतले चार दिन कैद र १० लाख जरिवाना ठहर गरेपछि फरार निता भण्डारी पक्राउ

काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेकी काठमाडौं बुढानिलकण्ठकी ४५ वर्षीय निता भण्डारीलाई आज पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ बैशाख ६ गतेको फैसलाले चार दिन कैद र बिगो बमोजिम १० लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए।
    
पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन्। उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell