PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समाको समूह 'एफ' मा नेपालले तयारी प्रतियोगिताका लागि तयारी अघि बढाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुले अभ्यास अघि बढाइरहेका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्स नेपालमा हाल नभए पनि उनकै गाइडलाइन्समा प्रशिक्षण अघि बढाइएको छ। फिलिप्स अक्टोबर महिनामा नेपाल आउने बताइएको छ।

क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने तय छ। एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। र, क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि हिजो २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको छ।

नेपाल समूह 'एफ' को आयोजकको रुपमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। महिलातर्फ नेपालको फिफा वरीयता १०१ रहेको छ भने फिलिपिन्स ६८ औं स्थानमा र हङकङ ७६ औं स्थानमा छन्। क्वालिफायर्सका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन्।

यी हुन प्रशिक्षणमा बोलाइएका ४५ खेलाडी

अञ्जना राना मगर, एन्जिला तोम्बाफो, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रीति राई, निशा थोकर, शृजना चेम्जोङ, हिराकुमारी भुजेल, रबिना गोले, शुस्मा तामाङ, पुनम जर्घा मगर, अञ्जली वाइवा, हेमा चौधरी, बिमला विके, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, बिमला चौधरी, अमृता जैशी, घिम कुमारी घिसिङ,शृजना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुश्वार, सरस्वती हमाल, अमिशा कार्की, कुशम खतिवडा, शृजना सिंह, सविता राना, रजनी थोकर, सलोनी राना मगर, छुमलुङमा राई



ट्रेन्डिङ पोस्ट

Ncell