PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने



विधुर ढकाल

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्।

यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित निर्वाचन आयोगका अधिकारीहरु पुगे पनि चौधरीले आयोगमै आउने चाहना देखाएका हुन्। चौधरी कतिबेला आइपुग्नेबारे खुल्न सकेको छैन।

आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। उक्त निवेदनलाई आयोगले अस्विकार गरेको छ। यादव पक्षबाट अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, मुख्यमन्त्री राउत, मोहमद इस्तियाक राईसहित अधिकांश उपस्थित भएका छन्। सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell