PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

आफ्नो पक्षमा ३४ जनाको सनाखत भएपछि मख्ख उपेन्द्र यादव, पर्खाइमा रेशम चौधरी



विधुर ढकाल

आफ्नो पक्षमा ३४ जनाको सनाखत भएपछि मख्ख उपेन्द्र यादव, पर्खाइमा रेशम चौधरी

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। 'हाम्रो पक्षमा ३४ जनाको सनाखत भइसक्यो,' अध्यक्ष यादवले खुशी हुँदै भने।

अध्यक्ष यादवले अहिले जेलमा रहेका सांसद रेशम चौधरीलाई पर्खिरहेको बताए। चौधरीले हस्ताक्षर गरेमा ३५ जना यादवको पक्षमा हुनेछन्। महन्थ ठाकुर राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।

लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले समेत अध्यक्ष यादवतिर हस्ताक्षर गरेका छन्। सनाखतपछि उनले भने, 'जसपामा थियौं। जसपा बन्यौँ। जसपामा रहन्छौँ। हिजो राजपा र समाजवादी मिलेपछि जसपा बनेको। जसपा नै रहन्छौँ।'

आफूले महतोलाई फोन गरेरै यता आएको समेत उनले खुलाए।

'अधिक साथी यता आउँछन्। महन्त ठाकुरको पक्षमा थिएँ। एकीकरणको बेला पनि म यतै आएँ। मैले उता सबै एकै ठाउँमा बसम् भने, मानेनन्। त्यसैले यता आएँ। राजेन्द्र महतोलाई फोन गरेर यता आएको हुँ,' सुमनले भने।

आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। जसपाको कार्यकारिणी समितिमा ५१ जना रहेका छन्। यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। उक्त निवेदनलाई आयोगले अस्वीकार गरेको छ। सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell