PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

रेशम चौधरीले मानेनन् कारागारमै सनाखत गर्न, निर्वाचन आयोगमा जारी छ उनको प्रतीक्षा



पहिलोपोस्ट

रेशम चौधरीले मानेनन् कारागारमै सनाखत गर्न, निर्वाचन आयोगमा जारी छ उनको प्रतीक्षा

काठमाडौं : सांसद रेशम चौधरीले कारागारबाट पार्टीको आधिकारिताका लागि सनाखत नगर्ने भएका छन्। सनाखत गर्न आज बिहान डिल्लीबजार कारागार पुगेका निर्वाचन आयोगका कर्मचारीलाई आफू कारागारमा बसेर सनाखत नगर्ने भन्दै फर्काइदिएका हुन्। सांसद चौधरीले आयोगमा नै गएर सनाखत गर्ने अडिक लिएका छन्।

'आयोगका कर्मचारी पत्र लिएर सनाखत गर्न आउनु भएको थियो। तर, उहाँले मान्नु  भएन। आयोग नै जाने भन्नुभएको छ,' कारागारका एक कर्मचारीले सुनाए।

जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेका छन्। रेशम चौधरीले हस्ताक्षर गरेपछि ३५ जना पुग्ने छ। त्यसका लागि आयोगमा सनाखतको लागि उनलाई कुरिरहेका छन्।

यता कारागारले भने सांसद चौधरीलाई आयोग पठाउने अधिकार आफूसँग नभएको भन्दै गृह मन्त्रालयल र कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको छ। गृह र विभागको स्वीकृत पाए पछिमात्र सांसद चौधरीलाई आयोग पठाउने कारागारका एक कर्मचारीले बताए।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाका कारण उनी अहिले अदालतको फैसला अनुसार कारागार जीवन बिताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell