PahiloPost

Jun 15, 2026 | १ असार २०८३

हात्तीको आक्रमणमा परी महिलाले गुमाइन ज्यान, एकजना घाइते



पहिलोपोस्ट

हात्तीको आक्रमणमा परी महिलाले गुमाइन ज्यान, एकजना घाइते
प्रतीकात्मक दृश्य।

वीरगंज : जंगली हात्तीको आक्रमणमा परी प्रदेश २ को सर्लाही जिल्लामा फेरि एक जनाको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा हरिवन नगरपालिका – ४ की ६२ वर्षीया तेतरी खातुन रहेकी छिन्। उनलाई आज बिहान २ बजे हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। 

गाउँकै आभाष रायको घरमा विवाह हेर्न जाने क्रममा बाटोमा जंगली हात्तीले अचानक आक्रामण गरेको हो। गम्भीर घाइते भएकी खातुनलाई थप उपचारको लागि वीरगंजस्थित नेशनल मेडिकल अस्पतालमा लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार सर्लाहीमा थप एक जना हात्तीको आक्राणमा परी घाइते भएका छन्। वाग्मती नगरपालिका–४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ वर्षीय पुरुष घाइते भएका हुन्। उनलाई हरिवनमा प्रारम्भीक उपचार गरी वीरगंजको नारायणी अस्पतालमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell