PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

उपचारकै क्रममा कांग्रेसका ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु, कोभिड १९ को थियो संक्रमण



पहिलोपोस्ट

उपचारकै क्रममा कांग्रेसका ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु, कोभिड १९ को थियो संक्रमण

काठमाडौं : नेपाली कांग्रेसको ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु भएको छ। जिल्ला कार्य समिति ललितपुरका सचिव घिमिरेको ४७ वर्षको उमेर आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

घिमिरे २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिक थालेका उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

'नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखी बनाएको छ,' देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्।

घिमिरे कोभिड १९ बाट संक्रमित भएका थिए। साउन १ गते स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो। ललितपुर गोटिखेलका बासिन्दा हुन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell