PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अन्तिम सनाखतका लागि आयोग पुगेका सांसद चौधरी तटस्थ बस्ने



पहिलोपोस्ट

अन्तिम सनाखतका लागि आयोग पुगेका सांसद चौधरी तटस्थ बस्ने

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्।

जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell