PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

निर्वाचन आयोगमा उपस्थिति कमजोर भएपछि राजेन्द्र महतोको तर्क : यो प्राविधिक रुपमा फुट हो, जनता त हाम्रै पक्षमा छन्



विधुर ढकाल

निर्वाचन आयोगमा उपस्थिति कमजोर भएपछि राजेन्द्र महतोको तर्क : यो प्राविधिक रुपमा फुट हो, जनता त हाम्रै पक्षमा छन्

काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले कहिल्यै दल नबनाउने तर सधैं फुटाउने गरेको अभिव्यक्ति दिएका छन्।

दल विभाजनका लागि आफूहरु निर्वाचन आयोगमा उपस्थित नभएको तर्क गर्दै उनले जनता आफ्नो पक्षमा रहेको जिकिर गरे।  

'हामी दल विभाजनका लागि यहाँ आएको होइन। आयोगले पार्टी बनाउने होइन, फुटाउनेमात्र हो,' जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतका लागि आयोग पुगेका उनले भने, 'पार्टी जनताले बनाउने हो। हामी जनताका पक्षमा छौं।' 

आयोगले आज आधिकारिकताका लागि जनता समाजवादी पार्टीका दुवै पक्षका नेतालाई बोलाएको थियो। आधिकारिकताका लागि भएको सनाखतमा उपेन्द्र यादव पक्षमा २४ जनाले हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर-राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। रेशम चौधरी भने दुवै पक्षमा नलागि तटस्थ बसेका छन्।

राजेन्द्र महतोले ५१ जना नेता तलमाथि हुनु प्रविधिक रुपमा फुट भएको तर्क गरे। सत्ताका लागि कहिले देउवा तथा कहिले ओलीको पक्षमा लागेको भन्ने प्रश्नमा महतोले भने, 'हामीले हाम्रा माग पूरा गराउन समर्थन गरेका हौं। ओली र देउवा दुवैका कदम प्रतिगमन नै हो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell