PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

जसपाको आधिकारिकता यादव पक्षले पायो, कारवाहीमा महन्थसहित चार नेता 



पहिलोपोस्ट

जसपाको आधिकारिकता यादव पक्षले पायो, कारवाहीमा महन्थसहित चार नेता 

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षलाई आधिकारिकता प्रदान गरेको जानकारी दिए। 

निर्वाचन आयोगमा सोमवार भएको केन्द्रीय कार्यकारिणी समितिको सनाखद पश्चात आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो। सनाखदका क्रममा जसपा बन्दाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिक मान्दै निर्वाचन आयोगले सनाखदका लागि सबै सदस्यलाई आयोगमा बोलाएको थियो। 

आयोगमा यादव पक्षमा ३४ जना सदस्यले हस्ताक्षर गर्दा अर्का अध्यक्ष रहेका महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। भने रेशम चौधरी भने तठस्थ बसेका थिए। 

यादव पक्षले आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने छ। साथै यादव पक्षको कार्यकारिणी समितिको बैठकले जसपाका एक अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण,र सर्वेन्द्रनाथ शुक्ला माथि गरेको कारवाहीले पनि आधिकारिकता पाएको थियो। 

आयोगले ठाकुर पक्षलाई अर्को दल दर्ता गर्नसमेत सूचना जारी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell