भारतको असम र मिजोरम राज्यबीचको सीमा विवादमा ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरु सबै असम राज्यका प्रहरी रहेको बताइएको छ। घटनामा परी ८० भन्दा बढी मानिसहरु घाइते भएको बताइएको छ।
असमको कछार जिल्लाको सीमामा विवाद हुँदा उक्त घटना भएको थियो। कछारको सीमामा असम र मिजोरम दुबै राज्यका नागरिक र प्रहरी झडपमा उत्रिएका थिए। सोमवार भड्किएको दंगामा असमका ६ जना प्रहरी मारिएको असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले पुष्टि गरेका छन्।
उनले उक्त घटनाबाट आफू दुखी रहेको जनाएका छन्। घटनामा परी कछार जिल्लाका एसपी वैभव निंबालकर चंन्द्रकारसमेत घाइते भएका छन्। दंगामा परी ५० बढी प्रहरी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
सीमा विवादका क्रममा अतिक्रमण हटाउनेबारे दुबै राज्यका नागरिक र प्रहरीबीच विवाद शुरु भएको थियो। त्यसपछि प्रहरीले लाठी प्रहार शुरु गरे भने स्थानीयले ढुंगा प्रहार। त्यसपछि प्रहरीले आँश्रु ग्यास फालेर दंगा नियन्त्रको प्रयास गरेका थिए।
असमका मुख्यमन्त्री सरमाले ट्विटमा एक भिडियो सेयर गर्दै असमको प्रहरीको हत्यापछि मिजोरमका प्रहरी र गुन्डा खुसियाली मनाउँदै भनी ट्वीट गरेका छन्।
After killing 5 Assam police personnel and injuring many , this is how Mizoram police and goons are celebrating.- sad and horrific pic.twitter.com/fBwvGIOQWr
— Himanta Biswa Sarma (@himantabiswa) July 26, 2021
सरमाले यस घटनामा मिजोरम पुलिसले एलएमजी गन प्रयोग गरेको आरोप लगाएका छन्।
गृहमन्त्री शाहले सोमवार नै दुबै राज्यका मुख्यमन्त्रीसँग कुराकानी गरेको बताइन्छ। सीमा विवादलाई शान्तिपूर्वक सल्ट्याउन शाहले आग्रह गरेका थिए। सोमवार साँझ विवादित क्षेत्रबाट दुबै राज्यको प्रहरी पछि हटेको बताइएको छ।
यता मिजोरममा मुख्यमन्त्री जोरमथंगाले भने यस विषयमा प्रधानमन्त्री गृहमन्त्री शाह गुहार्दै यस क्षेत्र सम्हाल्न अनुरोध थिए। गृहमन्त्री अमित शाहले असमको भ्रमण गरेपछि हिंसा भड्किएको बताइन्छ।
Shri @AmitShah ji….kindly look into the matter.
— Zoramthanga (@ZoramthangaCM) July 26, 2021
This needs to be stopped right now.#MizoramAssamBorderTension @PMOIndia @HMOIndia @himantabiswa @dccachar @cacharpolice pic.twitter.com/A33kWxXkhG
घटनाबारे भारतीय कांग्रेसले पनि प्रतिक्रिया दिएको छ। दुबै राज्यमा भारतीय जनता पार्टीको गठबन्धनको सरकार रहेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता रणदीप सिंहले यो सरकारमाथिको जनताको आक्रोश भएको बताएका छन्। दुबै राज्यका मुख्यमन्त्रीको असफलताका साथै यस घटनामा गृहमन्त्री अमित शाह जिम्मेवार रहेको काँग्रेसको आरोप छ। कांग्रेसले शाहको राजीनामासमेत माग गरेका छन्।