PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मारियाले ओलम्पिकमा पदक जित्न सकिनन्, तर विवाहको प्रस्ताव जितिन् 



पहिलोपोस्ट

मारियाले ओलम्पिकमा पदक जित्न सकिनन्, तर विवाहको प्रस्ताव जितिन् 

सोमबार टोकियो ओलम्पिक अन्तर्गत फेन्सिङ खेल हुँदै थियो। उक्त खेलमा अर्जेन्टिनी फेन्सर मारिया बेलेन पेरेज माउराइसले पदक जित्न सकिन्न। तर, खेलमा पराजित भएपनि  सो दिन उनको जीवनको निकै सुखद् दिन रह्यो।

३६ वर्षीया खेलाडी मारियाले पदक बिहिन भएपनि 'औंठी' का साथ टोकियो छाड्दैछिन्।

मारिया पोस्ट म्याच कन्फरेन्समा थिइन्। हंगेरीकी खेलाडी आन्ना मार्टोनसँग १५-१२ ले उनी पराजित भएपछि उनी मिडियासँग कुराकानी गर्दै थिइन्। त्यसबिच उनका कोचसमेत रहेका गुइलेर्मो साउसेडोले स्पेनिस भाषामा ठूलो हस्तलिखित नोट पछाडीबाट देखाए। जसमा लेखिएको थियो: डू यू वान्ट टु म्यारी मी?

मारियाले एकछिन् अचम्मित पार्‍यो। अनि, तुरुन्तै उनले आफ्नो कोचको प्रस्ताव स्वीकार गरिन्। दुईजना केहीबेर अंगालोमा बाँधिए र एकअर्कालाई 'किस' गरे। मारिया र साउसेडो विगत १७ वर्षदेखि सँगै थिए।

'मिडियाका साथीहरुले मलाई पछाडि फर्कन भने। साउसेडो त्यहाँ थिए। उनी त्यहाँ ती अक्षरहरु लेखेको बोर्ड बोकेर उभिएका थिए। अनि, मैले सबैकुरा बिर्सिएँ' उनले भनिन्, 'हामी धेरै खुशी छौं। हामी राम्रो पार्टनर हौं। हामीबिच झगडा नहुने होइन, तर हामीलाई एकअर्कासँग समय बिताउन राम्रो लाग्छ। हामी एकअर्कालाई निकै माया गर्छौं र सँगै जीवन बिताउन चाहन्छौं।'

साउसेडोले सन् २०१० मा व्लर्ड फेन्सिङ च्याम्पियनशिप पछि पनि मारियालाई 'प्रपोज' गरेको बताए। तर त्यो बेला मारियाले उनको प्रस्ताव अस्वीकार गरेकी थिइन्।

'म उनलाई माया गर्छु। र, उनी जब हारिन्, उनी धेरै दु:खी भइन्। यस्तोमा सायद मेरो प्रस्तावले उनको मानसिकता फेरिन सक्थ्यो। मैले तुरुन्तै पेपरमा लेखेँ। तर यदि उनले जितको थिइन् भने म सायद केही समय कुर्थे होला।' साउसेडोले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell