PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

३ सय ८० जनाको परीक्षण गर्दा १ सय ३० मा कोरोना पोजेटिभ!



पहिलोपोस्ट

३ सय ८० जनाको परीक्षण गर्दा १ सय ३० मा कोरोना पोजेटिभ!

काठमाडौं : वीपी कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले कोरोना संक्रमितको संख्या बढेकोमात्र नभइ दोस्रो लहर समाप्ततिर गइनसकेको संकेत गरेको छ।

प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा हिजो ३ सय ८० जनामाथि परीक्षण गर्दा १ सय ३० जनामा कोभिड १९ को संक्रमण पोजेटिभ देखियो। यो परीक्षणको ३४ प्रतिशतभन्दा बढी हो। पूर्वी नेपालको झापा अहिले हटस्पटका रुपमा उदाएको छ भने सँगैका जिल्लाहरुमा पनि संक्रमण दर बिस्तार भएको छ।

प्रतिष्ठानका अनुसार हालसम्म त्यहाँ ९९ हजार २ सय ९४ जनाको परीक्षण भएको छ जसमा १५ हजार ३ सय ९८ जनामा पोजेटिभ देखिएको छ भने ८२ हजार ४ सय ९४ जनामा नेगेटिभ। यस अस्पतालमा ३ सय १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। अहिले पनि अस्पतालमा ५३ जना संक्रमित उपचाररत छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell