PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ह्युमपाइप बिच्छ्याउन खनिएको खाल्डोमा खस्यो मोटरसाइकल, चालकको मृत्यु



पहिलोपोस्ट

ह्युमपाइप बिच्छ्याउन खनिएको खाल्डोमा खस्यो मोटरसाइकल, चालकको मृत्यु

बुटवल : दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

बाटो निर्माणका लागि खनिएको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँका ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।

तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल ह्युम पाइप बिच्छ्याउन खनिएको खाल्डोमा खसेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell