PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जिल्ला अदालतको फैसला सदर गर्दै उच्च अदालतले पनि महरालाई दियो सफाइ



पहिलोपोस्ट

जिल्ला अदालतको फैसला सदर गर्दै उच्च अदालतले पनि महरालाई दियो सफाइ

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गर्दै उच्च अदालतले महरा निर्दोष रहेको फैसला दिएको हो।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महरालाई संघीय संसद सचिवालयमा कार्यरत एक महिलाले करणी गरेको आरोप थियो। सभामुख हुँदा सरकारी आवासबाट पक्राउ परेका महरालाई २०७६ साल फागुनमा जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो। त्यसबिचमा आरोप लगाउने महिलाले आफ्नो पुरानो बयान समेत फेर्दै महरा निर्दोष रहेको बताएकी थिइन्।

मंगलवार उच्च अदालत पाटनले पनि काठमाडौं जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो। न्यायाधीश माधव पोखरेल र विमला सुवेदीको इजलासले महरालाई सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ। बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा थिए। महरा २०७६ असोज १९ गते सरकारी निवासबाटै पक्राउ परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell