PahiloPost

Jun 15, 2026 | १ असार २०८३

तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा ल्याउने माओवादीको निर्णय



पहिलोपोस्ट

तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा ल्याउने माओवादीको निर्णय

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई प्रदेश प्रमुखबाट हटाएको थियो। ओलीले गरेका निर्णयलाई उल्ट्याएको सन्देश दिन माओवादी केन्द्रले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार मंगलवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा छलफल भए पनि टुंगो भने लगाउन सकेन। बुधवार बस्ने स्थायी कमिटीको बैठकले पार्टीबाट सरकारमा जाने नेताहरुबारे निर्णय गर्ने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell