PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ओलम्पिक: शाहको राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

ओलम्पिक: शाहको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्। आज १०० मिटर फ्री स्टाइलमा शाहले कीर्तिमान बनाएका हुन्। यसका लागि उनले ५३.४१ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै कीर्तिमान बनाए। 

नेपालबाट खेल्ने १३ औै दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले भोलि दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछिन्। जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्। ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ। त्यसबाहेक एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell