PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एकै दिन ४ हजार नजिक पुग्यो, थपिने संक्रमितको संख्या, २० जनाको गयो ज्यान



पहिलोपोस्ट

एकै दिन ४ हजार नजिक पुग्यो, थपिने संक्रमितको संख्या, २० जनाको गयो ज्यान

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा झन्डै ४ हजार कोभिड १९ संक्रमित पहिचान भएका छन्। कूल १७ हजार ५ सय १८ जनामा भएको परीक्षणमध्ये ३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको हो। परीक्षणको २२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा मृत्यु भएका संक्रमितको रेकर्ड स्वास्थ्य मन्त्रालयले २० रहेको जनाएको छ। १२ हजार ६ सय ५५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो जसमा २ हजार ७ सय २६ जना संक्रमित भेटिए। त्यसैगरी ४ हजार ८ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १ सय ७३ जना संक्रमित रहेको फेला परेको हो। यस अवधिमा १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ४२ हजार ८ सय १७ पुगेको छ। संक्रमणबाट अहिलेसम्म ९ हजार ७ सय ५८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ जुन संक्रमित हुनेको १.५ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell