PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए



पहिलोपोस्ट

विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ।

आज हिमालय एयरको विमानबाट दुबईबाट काठमाण्डौं आएका गोरखा घर भएका पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको हो।

विमानस्थलको आगमनतर्फको भन्सार चेकको एक्सरेमा चेक गर्दा शङ्का लागेर नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। उनले ल्याएको कफी मेकर माथि शङ्का लागेपछि प्रहरीले खोलेर हेरेको थियो। फलामे कप आकारको बस्तु ३ वटा पत्रले बनेकोमा पहिलो र अन्तिम पत्र फलाम जस्तो देखिने धातुको रहेको र बिचको पत्र (दोस्रो पत्र) सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

आवश्यक अनुसन्धान र कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell