PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त, पाैडेल र यादव हटाइँदा शेरचनले पाए दोस्रो पटक नियुक्ति



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त, पाैडेल र यादव हटाइँदा शेरचनले पाए दोस्रो पटक नियुक्ति

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन्।

भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 

यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गर्दै गुरुङ र शेरचनको नाम सिफारिस गरेको थियो। 

शेरचन यसअघि पनि गण्डकीको प्रदेश प्रमुख भइसकेका हुन्। शेरचनलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले हटाएको थियो। उनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell