PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माधवकुमार नेपालले पठाए सरकारमा सामेल नहुने सन्देश : चित्रबहादुर केसीले दिए भण्डाफोरको चेतावनी



प्रकाश भण्डारी

माधवकुमार नेपालले पठाए सरकारमा सामेल नहुने सन्देश : चित्रबहादुर केसीले दिए भण्डाफोरको चेतावनी

काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरुलाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा सामेल नहुने सन्देश पठाएको छ।

बालुवाटारमा बसेको ५ दलीय बैठकमा नेपाल पक्षले सरकारमा सामेल नहुने बताएको थियो। नेपाल पक्षका नेता विजय पौडेलले आफूहरु सरकारमा सामेल नहुने बताएको जानकारी दिएको बताए। वरिष्ठ नेता नेपाल र झलनाथ खनालको प्रतिनिधित्व गर्दै गठबन्धनको बैठकमा सामेल भएका पौडेलले सरकारमा सहभागी हुनेबारेमा छलफल भएको भए पनि नेपाल-खनाल समूह सामेल नहुने नेताहरुलाई जानकरी गराएका हुन्। बैठकमा पौडेलले आफ्ना तर्फबाट कोभिड-१९ नियन्त्रणबारे सुझाव दिएको बताए।

'सबैलाई कोरोना नियन्त्रणका लागि खोप लगाउनुस् भन्ने हाम्रो सुझाव रह्यो। सरकारमा जाने बारेमा नेपाल-खनाल पक्षका तर्फबाट मैलै सरकारमा जाँदैनौं भनेर भनेको छु,' उनले भने। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा सबै दलका नेताहरुलाई सरकारमा सामेल हुने मन्त्रीहरुको नाम चाँडो पठाउन आग्रह गरेका थिए। हाल सत्तारुढ गठबन्धमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजावादी पार्टी नेपाल (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)को नेपाल पक्ष सहभागी छ।

एक/दुई दिनमै मन्त्रिमण्डल बिस्तार हुने भएकाले मन्त्रीहरुको नाम चाडो पठाउन आग्रह गरेको पौडेलले जानकारी दिए।

'चाँडै मन्त्री हुने नेताहरुको नाम दिनुस् भनेर भन्नुभयो,' उनले भने। मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेपालले सरकारमा सहभागी हुने बताएका थिए। प्रचण्डले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकमा नेपाल पक्ष पनि सहभागी हुने भएकाले माओवादी केन्द्रले ७ जना मन्त्री नपाउने बताएका थिए। देउवाले एक/दुई दिनमै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन्।

गठबन्धनका नेताहरुलाई केसीले सरकारमा आफ्नो पार्टी सामेल नहुने तथा सरकारले गलत काम गरे 'भण्डाफोर'गर्ने चेतावनी दिएका थिए। बैठकमा सहभागी एक अर्का नेताका अनुसार देउवाले केसीलाई चाडो मन्त्रीको नाम पठाउन आग्रह गरेका थिए। तर, केसीले देउवाको आग्रहलाई अस्वीकार गरेका छन्। उनले सरकारले बाटो बिराउन नहुने भन्दै चेतावनी दिएका थिए।

'सरकारमा सहभागी हुनुस् भनेर प्रधानमन्त्रीले भन्नुभयो तर, केसीले सरकारमा सामेल हुँदैनौं नराम्रा काम गर्नुभयो भने भण्डाफोर गर्छौं भन्नुभयो,' ती नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell