PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

तीन महिना नपुग्दै हटाइएकी प्रदेश प्रमुख पौडेलले भनिन् : राजनीति निर्मम बाटोबाट अघि बढ्यो  



पहिलोपोस्ट

तीन महिना नपुग्दै हटाइएकी प्रदेश प्रमुख पौडेलले भनिन् : राजनीति निर्मम बाटोबाट अघि बढ्यो  

पोखरा : गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले सामाजिक परिवर्तनका लागि राजनीति निर्मम बाटोबाट अघि बढिरहेको बताएकी छिन्। 

बुधवार पत्रकार सम्मेलनमा उनले निर्मम बाटो अपनाएर अघि बढेको राजनीतिमा यस्ता कुरा स्वभाविक लागेको बताइन्। 

दुई महिना २४ दिनमै पदमुक्त भएकी पौडेलले यो निर्णयबाट दु:खी नभएको सुनाइन्। राजनीतिक अस्थिरतामा देश नबन्ने उनको भनाइ थियो। 
'संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दुःखी बनाएको छैन,' उनले भनिन्, 'तर, राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो।' विचार र आस्था फरक रहे पनl राष्ट्रिय समृद्धिको पक्षमा सबैले साझा उद्देश्य राखेर अघि बढ्नुपर्ने उनको भनाई थियो। 

आफुले डाकेको पत्रकार सम्मेलनमा प्रेस वक्तव्य  पढेर सकेपछि पत्रकारको प्रश्नको जवाफ दिन भने उनले दिन मानिनन्। उनले वक्तव्य पढेर सकेपछि पत्रकारले उनीसँग प्रश्न गर्न खोजेका थिए। तर उनले, 'आज प्रश्न-उत्तर हुँदैन' भन्दै पत्रकारसँग सवालजवाफ गर्न चाहिनन्। 

गत वैशाख २० गते केपी शर्मा ओलीको सरकारले तत्कालीन प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त गरेर पौडेललाई नियुक्त गरेको थियो। पदभार ग्रहण गरेकै दिन उनी विवादमा परेकी थिइन्। वर्तमान सरकारले उनलाई मङ्गलवार पदमुक्त गरेर गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell