PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

टोकियो ओलम्पिक: गौरिका बाहिरिन्



पहिलोपोस्ट

टोकियो ओलम्पिक: गौरिका बाहिरिन्

काठमाडौं: टोकियो ओलम्पिकमा आज गौरिका सिंहले सहभागिता जनाएकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी खेलाडी रहेकी उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) सहभागिता जनाएकी थिइन्। जसमा उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। 

पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन्। जसमा उनले निर्धारित दुरी ५३.४१ सेकेन्ड पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ। नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्। त्यसबाहेक एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell