PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओलम्पिक फुटबल: ब्राजिलले साउदी अरबलाई हरायो, जर्मनी बराबरीमा रोकियो



पहिलोपोस्ट

ओलम्पिक फुटबल: ब्राजिलले साउदी अरबलाई हरायो, जर्मनी बराबरीमा रोकियो
Photo: Brazil Football

टोकियो ओलम्पिकमा आज सम्पन्न फुटबल खेलमा ब्राजिल यू २३ ले साउदी अरब यू २३ लाई हराएको छ। सइतामा स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले साउदी अरेबियामाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

ब्राजिलले खेलको १४ औं मिनेटमा चुन्हा म्याथिउसको गोलमा अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा अल्मारी अब्दुल्लाहले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलमा ब्राजिलको जित सुनिश्चित गर्न दोस्रो हाफमा रिचार्लिसनले दुई गोल गरे। उनले खेलको ७६ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै खेल आफ्नो पक्षमा ल्याए।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा जर्मनी र आइभेरोस्ट बराबरीमा रोकिए। मियागी स्टेडियममा सम्पन्न खेल १-१ को बराबरीमा रोकिएको हो।

त्यस्तै अर्को खेलमा रोमानिया र न्युजिल्याण्डले गोलरहित बराबरी खेल्दा कोरिया रिपब्लिकले होण्डुरसमाथि ६-० को सानदार रजत निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell