PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बढ्दो कोरोना संक्रमण : चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण, गण्डकीमा ३ मध्ये दुई संक्रमित



पहिलोपोस्ट

बढ्दो कोरोना संक्रमण : चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण, गण्डकीमा ३ मध्ये दुई संक्रमित
Image: IStock/alashi

काठमाडौं : पछिल्लो २४ घण्टामा भएको परीक्षण मध्ये ४.११ जनाको परीक्षण गर्दा एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार थप तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये १० हजार ८८६ जनाको आरटी-पीसीआर परीक्षण गर्दा २४.२ प्रतिशत अर्थात दुई हजार ६३४ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै चार हजार ९२२ जनाको एन्टिजेन परीक्षण गर्दा २४.५ प्रतिशत अर्थात एक हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्‍य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमणदर गण्डकी प्रदेशमा देखिएको छ। त्‍यहाँ संक्रमणदर ६५ प्रतिशत भन्दा बढी छ। प्रदेशमा पछिल्लो परीक्षण अनुसार ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको देखिन्छ। त्यस्तै प्रदेश १२७.५ प्रतिशत संक्रमण दर रहेको छ।

यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्र २२.३६ प्रतिशत संक्रमित पहिचान भएका छन्। उपत्यकामा तीन जिल्लामा ८५९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा संक्रमण पुष्टि भएको छ।

हाल नेपालमा २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये होम आइसोलेसनमा २६ हजार ६५२ र संस्थागत आइसोलेसनमा दूई हजार ७९२ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell