PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कछुवा बेच्न लाग्दा तीन जना सीआइबीको फन्दामा



रासस

कछुवा बेच्न लाग्दा तीन जना सीआइबीको फन्दामा

काठमाडौं : संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको दक्षिणकाली नगरपालिका-६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ। संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुका साथबाट जिउँदो कछुवासमेत बरामद गरेको छ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरेले आज एक सूचना जारी गरी जनाएको छ। उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell