PahiloPost

Jun 15, 2026 | १ असार २०८३

शुक्रवार लण्डन फर्कँदै गौरिका, भन्छिन: आज राम्रै भयो

शुक्रवार लण्डन फर्कँदै गौरिका, भन्छिन: आज राम्रै भयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: टोकियो ओलम्पिकमा आज सहभागिता जनाएकी गौरिका शुक्रवार लण्डन फर्किँदैछिन्। १०० मिटर फ्री स्टाइल (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाएकी उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गरिन्।

'राष्ट्रिय कीर्तिमान बनेको थाहा पाएर खुशी लागेको छ। राम्रै भयो,' खेलपछि गौरिकाले भनिन्, 'ठ्याक्कै यति नै टायम भनेर टार्गेट त गरेको थिइन् तर जति राम्रो सक्छु त्यति गर्ने भन्ने थियो।'

उनले अभ्यासको कमी भएको संकेत गर्दै आफूले अझ अभ्यास गर्ने बताइन्।

'कोभिडले गर्दा ८ महिना त पुलमा पस्नै पाएको थिएन। त्यसैले अभ्यास पुगेको थिएन,' उनले भनिन्, 'कोभिड सकेर लङ कोर्समा ट्रेनिङ भएको थिएन्।'

पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन्। जसमा उनले निर्धारित दुरी ५३.४१ सेकेन्ड पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ। नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्। त्यसबाहेक एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी रहेको छ।

तस्बिर: एनएसजेएफ



ट्रेन्डिङ पोस्ट

Ncell