PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो



पहिलोपोस्ट

सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो

काठमाडौं : देशभर हुने सवारी दुर्घटना र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ।

गएको आर्थिक वर्षमा सवारी दुर्घटना ३२ प्रतिशत वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ मा देशभर १५ हजार ५ सय ५४ वटा सवारी दुर्घटना भएका थिए। गएको आर्थिक वर्ष २०७७/७८ मा २० हजार ६ सय ३४ वटा दुर्घटना भएको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १३ हजार ३ सय ६६ वटा सवारी दुर्घटना भएको थियो। दुर्घटना सङ्ख्यामात्र होइन दुर्घटनामा परेर मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेर गएको छ। गएको आर्थिक वर्ष २०७७/७८ मा २हजार ५ सय १३ जनाको मृत्यु भएको हो। यस अघि आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो। दुई आर्थिक वर्षको तुलनामा मृत्युदर ११ प्रतिशत बढीले बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

त्यस्तै दुर्घटनामा परेर गम्भीर घाइते हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ। ३९ प्रतिशत भन्दा बढीले बढेको छ। गएको आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा ६ हजार ४ सय ५३ जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या ४ हजार ६ सय १५ रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell