PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नवनियुक्त प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनले लिए शपथ



पहिलोपोस्ट

नवनियुक्त प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनले लिए शपथ

काठमाडौँः नवनियुक्त प्रदेश प्रमुखद्वय पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच गुरुङ र शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। मंगलबार सरकारको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएका थिए। 

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गुरुङलाई गण्डकी र शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो। 

मंगलबारको मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गर्दै गुरुङ र शेरचनको नाम सिफारिस गरेको थियो। सिफारिस अनुसार नियुक्त गरिएको थियो। 

शेरचन यसअघि पनि गण्डकीको प्रदेश प्रमुख भइसकेका हुन्। शेरचनलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले हटाएको थियो। उनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो। 

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell