PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

महोत्तरीमा टाउको नभएको आधा शरिर फेला, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

महोत्तरीमा टाउको नभएको आधा शरिर फेला, अनुसन्धान गर्दै प्रहरी

जलेश्वरः महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक शव बरामद गरेको छ।

जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको हो । शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ। प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell