PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलम्पिकमा सहभागी हुन टोकियो आएका अमेरिकी च्याम्पियनलाई कोरोना संक्रमण, प्रतियोगिताबाट बाहिरिए



पहिलोपोस्ट

ओलम्पिकमा सहभागी हुन टोकियो आएका अमेरिकी च्याम्पियनलाई कोरोना संक्रमण, प्रतियोगिताबाट बाहिरिए
Photo: Mark Shearman

दुई पटक पोल भल्टको विश्व च्याम्पियन रहेका अमेरिकी खेलाडी साम केन्ड्रिक्सले टोकियो ओलम्पिकमा सहभागिता नजनाउने भएका छन्। कोभिड संक्रमण पुष्टि भएसँगै स्वर्ण पदकमा मुख्य दाबेदार मध्येका उनले प्रतियोगितामा सहभागिता नजनाउने भएका हुन्।

अघिल्लो ओलम्पिकमा कास्य पदक जितेका उनका पिता र कोच स्कट केन्ड्रिकले इन्स्टाग्राममा पोस्ट गर्दै उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

'आज टोकियोमा अफिसियलहरुले सामको कोभिड परीक्षण पोजेटिभ आएको बताएका छन्,' उनले इन्स्टाग्राममा लेखेका छन्, 'त्यसैले उ प्रतियोगिताबाट बाहिर हुनेछ। उसलाई कुनै कोभिडको लक्षण देखिएको छैन। लब यू सन।'

यद्यपि उनको पोस्ट अहिले हटाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell