PahiloPost

Jun 15, 2026 | १ असार २०८३

उर्जा मन्त्री भुसालले फेरि भनिन् : बिजुलीको महसुल घटाउनुपर्छ



पहिलोपोस्ट

उर्जा मन्त्री भुसालले फेरि भनिन् : बिजुलीको महसुल घटाउनुपर्छ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो रहेको  बताएकी छिन्। नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन्।

केहीदिन अघि पनि उनले बिजुलीको महसुल बढी भएको भन्दै मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएकी थिइन्।

जनकपुरमा मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने भन्‍दै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरि गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell