PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ।

प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएका थिए। उनीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी समेत गरेका थिए।

बुधवार राति विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेसी विमल राजभण्डारीका घरमा सुटुक्क भेरोसेल खोप दिइरहेको चाल पाएपछि स्थानीय युवा र महिलाले मेयर पराजुली र उनको समूहलाई लखेटेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell